स्वस्थानी व्रत कथा समाप्त


काठमाडौं, २२ माघ । एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथा समाप्त भएको छ ।

पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन माघ शुक्ल पूर्णिमाका दिन विधिवतरुपमा समापन हुन्छ ।

काठमाडौँमा अवस्थित शाली नदीमा एक महिनाबाट जारी स्वस्थानी मेला पनि समाप्त भएको छ ।

पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने गरिन्छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार