एजेन्सी, १५ फागुन । दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै अस्ट्रेलियाले छैटौँपटक महिला टी–२० विश्वकपको उपाधि जित्न सफल भएको छ ।
अस्ट्रेलियाले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित गरेको २० ओभरमा ६ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सकेको हो ।
दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई चुनौती दिने प्रयास गरेपनि सुस्त सुरुवातपछि टोलीका ब्याटरहरु अस्ट्रेलियाको स्तरीय बलिङसामु निकै चुनौती सामना गर्नु परेको थियो । लाउरा वुल्भाडर्टले ६१ रन तथा क्लेई ट्रायोनले २५ रन बनाएपछि टोलीलाई जीतसम्म डो¥याउन भने सकेनन् ।
यसअघि पनि प्लेयर अफ द म्याच घोषित बेथ मुनीको ७४ रनको मद्दतले अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन बनाएको थियो । अस्ट्रेलियाको लगातार तेस्रो विश्वकप उपाधि जित्न सफल भएको हो । टोलीले पछिल्ला ७ प्रतियोगितामध्ये ६ वटामा उपाधि हात पारेको छ ।


