महोत्तरी । महोत्तरीको जलेश्वरमा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१० का इन्दल यादवका १५ वर्षीय छोरा लव यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शुक्रबार राति करिब ८ः३० बजे जलेश्वर नगरपालिका–१० स्थित सारीको पोखरीमा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा लव डुबेका थिए ।
पोखरीमा डुबेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वरमै राखिएको छ । प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


