लाल अयोगको प्रतिवेदन सार्वजनिक गर्न माग


काठमाडौं, ३ फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

उक्त प्रतिवेदन सार्वजनिक नभए नागरिक उन्मुक्ति पार्टीले संसद अवरोध गर्ने उनले चेतावनीसमेत दिए ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न सक्दैन । सदनमा पनि आन्दोलन सुरु भयो । नभए सडक पनि ठप्प हुनेछ ।’

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार