मधेस प्रदेश : कांग्रेसले अवरुद्ध पार्यो प्रदेशसभाको बैठक


जनकपुरधाम, ३ फागुन । मधेस प्रदेशको प्रदेशसभा बैठक नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले अवरुद्ध पारेका छन् ।

बुधबार प्रदेशसभाको बैठक बसे लगत्तै कांग्रेसले अतिथिलाई संसदीय दलको कार्यालयमा प्रवेश गर्न नदिइएको भन्दै बैठक अवरुद्ध पारेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अतिथिलाई मर्यादापालक लगाएर किन संसदीय दलको कार्यालयमा प्रवेश गर्न दिइन भन्ने जवाफ नआएसम्म बैठक अवरुद्ध पार्ने बताए ।

कांग्रेसका प्रदेशसभा सदस्यहरुले बैठक संचालन गर्न नदिइएपछि प्रदेशसभाको बैठक १० मिनेटका लागि बैठक स्थगित गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार