चन्द्रनिगाहपुरमा चिर्पटले हानेर बाबुको हत्या


रौतहट, २० माघ । रौतहटको चन्द्रनिगाहपुरमा छोराले चिर्पटले हानेर बाबुको हत्या गरेका छन् ।

चन्द्रपुर नगरपालिका–६ का ५५ वर्षीय निरकुमार राईलाई उनको ३२ वर्षीय छोरा प्रकाश राईले चिर्पटले हानेर हत्या गरेको हो ।

इलाका प्रहरी कार्यालयका चन्द्रनिगाहपुरका डीएसपी सन्तुप्रसाद जयसवालका अनुसार घरायसी विवादका क्रममा प्रकाशले चिर्पटले निरकुमारलाई आक्रमण गरेका थिए ।

टाउको र निधारमा गम्भीर चोट लागेका निरकुमारलाई उपचारका लागि अस्पताल लगिए पनि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बाबुको हत्या आरोपमा प्रकाशलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार