काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा अग्रगामी मोर्चाअन्तर्गत बुद्धिजीवीहरूको बैठक सम्पन्न भएको छ।
बैठकमा बुद्धिजीवी समन्वय समिति गठन तथा मोर्चाको आगामी कार्यदिशालगायत विषयमा छलफल भएको जनाइएको छ। बैठकले संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको बताइएको छ।
यसैगरी अग्रगामी युवा मोर्चा तथा अग्रगामी महिला मोर्चाको बैठक पनि प्रलोपा पार्टी कार्यालय, कुपण्डोलमा सम्पन्न भएको छ। बैठकमा युवा तथा महिला मोर्चाको आगामी गतिविधि र संगठन विस्तारका विषयमा छलफल भएको जनाइएको छ।
अग्रगामी मोर्चा, मधेश प्रदेशअन्तर्गत पर्सा, बारा र रौतहट समन्वय समितिको आयोजनामा मोर्चाको छुट्टै बैठकसमेत सम्पन्न भएको छ। बैठकमा संगठनको गतिविधि, समन्वय तथा आगामी कार्ययोजनासहित विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको जनाइएको छ।


