नेपालको विपत्तिमा बलिउड सेलिब्रेटीहरूको सहानुभूति


काठमाडौं । नेपालले भोगिरहेको विनाशकारी प्राकृतिक विपत्प्रति अधिकांश बलिउड कलाकारले सहानुभूति व्यक्त गरिरहेका छन् । केही कलाकारले मानवीय सहायतामा सघाउने बताएका छन् ।

बलिउड सेलिब्रेटीले सामाजिक सञ्जालबाट यतिबेला नेपालसँगै आफूहरू उभिएको बताएका हुन् । केहीले नेपालसहित तिब्बततर्फ भएको क्षतिप्रति पनि दुःख व्यक्त गरेका छन् ।

सोनु सुद, अनुपम खेर, संजय दत्त, सोनु निगम, अरुण गोविल, फरहान अख्तर, कंगना रनावत, रश्मिका मन्दाना, भूमी पेड्नेकर, चित्रांगना सिन्हा, नोरा फतेही, अनन्या पाण्डे, कीर्ति सेनन, अर्पिता खान, सेफाली शाह लगायतले ‘प्रे फर’ नेपाल भन्दै सहानुभूति जनाएका छन् ।

सोनु सुदले राहत र उद्धारमा सघाउने वचन दिएका छन् । यति मात्र होइन, अन्य मुलुकका सेलिब्रेटीले पनि नेपालको दुःखमा सहानुभूति व्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार