राजर्षि जनक विश्वविद्यालयमा व्यवस्थापन संकायको प्रगति समीक्षा


जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयको व्यवस्थापन संकाय डीन कार्यालयको हालसम्मको प्रगति, वर्तमान अवस्था तथा समस्या र चुनौतीबारे समीक्षा गर्दै आगामी कार्ययोजनामाथि छलफल गरिएको छ।

व्यवस्थापन संकाय डीन कार्यालयमा आयोजित बैठकमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. श्याम नारायण लाभ, रजिस्ट्रार डा. जीवन काफ्ले, व्यवस्थापन संकायका निमित्त डीन डा. सरोज ठाकुरलगायत सम्बन्धित कर्मचारीहरूको उपस्थिति थियो।

बैठकमा डीन कार्यालयबाट प्रस्तुत गरिएको हालसम्मको प्रगति विवरणको समीक्षा गरिएको थियो। सो क्रममा व्यवस्थापन संकायको शैक्षिक गुणस्तर अभिवृद्धि, पाठ्यक्रम विकास तथा परिमार्जन, अनुसन्धान प्रवर्द्धन, संस्थागत सुदृढीकरण तथा नवप्रवर्तनका विषयमा छलफल भएको विश्वविद्यालयले जनाएको छ।

बैठकले आगामी कार्ययोजनालाई परिणाममुखी बनाउँदै व्यवस्थापन संकायको शैक्षिक तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी रूपमा अघि बढाउने विषयमा जोड दिएको छ।

साथै संकायका वर्तमान समस्या तथा चुनौतीको पहिचान गरी तिनको समाधानका लागि आवश्यक रणनीति निर्माण गर्ने विषयमा समेत छलफल गरिएको थियो।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार