मन्त्री फकिरा महतोद्वारा सर्लाहीका विभिन्न वडामा भेटघाट


सर्लाही । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नं. ४(ख) अन्तर्गत गोडैता नगरपालिका र विष्णु गाउँपालिकाका विभिन्न वडामा भेटघाट तथा अन्तरक्रिया गरेका छन्।

भेटघाटका क्रममा मन्त्री महतोले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका समस्या, विकास निर्माण तथा जनचासोका विषयमा जानकारी लिएका थिए।

स्थानीयवासीले सडक, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत क्षेत्रका समस्या तथा आवश्यकताबारे मन्त्री महतोलाई जानकारी गराएका थिए। स्थानीयका गुनासा तथा सुझाव सुन्दै मन्त्री महतोले जनताको समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले निर्वाचन क्षेत्रको समग्र विकास तथा स्थानीयवासीको हितलाई प्राथमिकतामा राखेर प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने बताए।

मन्त्री महतोको भेटघाट कार्यक्रमले जनप्रतिनिधि र स्थानीयवासीबीच प्रत्यक्ष संवाद तथा क्षेत्रका समस्या पहिचानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार