जनकपुरधाम । महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ् ।
जिल्लाकाे गौशाला नगरपालिका ११ भरतपुरका ३० वर्षीय मुरारी भनिने विनय महतो माथी मरहा खोलामा गोली प्रहार भएको महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए ।
कम्मरमा गोली लागेर उनी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि जनकपुर ल्याइएको छ । आज साँझ करिब ६ बजे घरबाट गौशाला बजार जाने क्रममा मराहा खोलामा दुईवटा मोटरसाइकलमा आएका हतियारधारी समुहले लुटपिट गर्न गोली प्रहार गरेको बताईएकाे छ् । उनले लगाएको सुनको ब्रासलेट र सिक्री लुटिएको छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।


