काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले संचारगृह र पत्रकारहरुमाथि भएको धरपकड र पक्राउबार छानविन हुनुपर्ने बताएका छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै शर्माले संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुण्याउने गैह्र कानुनी धन्धा बन्द गरी पत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।
‘पक्राउ परेका पत्रकार छुटिसके, कुरा सकियो होइन । यस्तो किन गरियो, निर्देशन कसको थियो, जिम्मेवारी कसले लिने, यो मुख्य प्रश्नको जवाफ जरुरी छ ।
संचार गृह अगाडि मोटर राखेर केहि महिना अघि ‘आतंक’ सृजना गर्ने को थिए ? दोषि ‘पत्ता लगाएर’ सार्वजनिक गर्न सरकारले चाहेन । अहिले संचार गृहभित्रै छिरेर पत्रकार पक्रींदा प्रधानमन्त्री कार्यालयले भन्यो–‘गिरफ्तारीमा हामी संलग्न थिएनौं’ । प्रश्न प्रधानमन्त्री कार्यालय संलग्न थियो कि थिएन भन्ने होइन, प्रश्न मुलुकको चौथो अंगमाथि यस्ता हरकत हुँदा सरकार ‘सरकारका रुपमा’ देखिने, भेटिने कि स्पष्टीकरण दिएर पन्छिने भन्ने हो,’ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको ।
सत्तारूढ पार्टीले ‘गिरफ्तारी गैह्र कानुनी’ भन्यो, समयमै भन्यो, सहि भन्यो, ठिक छ । तर गैह्र कानुनी कर्मको निरन्तरता घटना होइन प्रवृत्ति बन्दै जाँदा प्रश्न उठ्छ( सत्तारूढ पार्टीको चुनावी घोषणापत्रमा उल्लेखित प्रेस स्वतन्त्रतालाई सरकारले समर्थन मात्रै गर्छ कि रक्षा पनि गर्छ ? अनि गिरफ्तारी गैह्र कानुनी भनिराखेर सरकार बनाउने पार्टीको दायित्व सकिन्छ कि त्यो भन्दा पर गैह्र कानुनी धन्धा नियन्त्रणमा उसको हैसियतलाई सरकारले सुन्छ र मान्छ पनि ?’ उनले प्रश्न गरे ।
‘हामी स्वतन्त्र तर उत्तिकै मर्यादित प्रेसको पक्षमा छौं । गलत र भ्रमपुर्ण समाचार खण्डन, नियन्त्रण र आवश्यक कार्वाहीका लागि निश्चित बिधि छन् ितिनको अनुसरण गरौं । संविधान प्रदत्त प्रेस स्वतन्त्रताको शिरमाथि तरबार झुण्याउने गैह्र कानुनी धन्धा बन्द गरौं िपत्रकार पक्राउको वास्तविकता सरकारले सार्वजनिक गरोस्,’ शर्माले विज्ञप्तिमार्फत भनेका छन् ।


