काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ ।
प्रचण्डलाई भेट्न मुख्यमन्त्री कार्की बुधबार बिहान बालुवाटार पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री कार्कीबीच बधाई तथा शुभकामना आदानप्रदान र समसामयिक राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।
प्रदेश १ ले पहिलो कार्यकालमा प्रदेशको नामाकरण गर्न सकेको छैन । कार्कीले मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै छिट्टै प्रदेशले नयाँ नाम पाउने बताएका थिए ।


