प्रदेश-२ सरकारद्वारा २ वटा अध्यादेशका सिफारिस


न्युजडेस्क/जनकपुरधाम, कात्तिक ९
प्रदेश २ सरकारले विश्वविद्यालय स्थापना सम्बन्धि २ वटा अध्यादेश सिफारिस गरेका छन् ।

मंगलबार मन्त्रीपरिषदको बसका बैठकले बिरगंज प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरी स्थापना सम्बन्धि अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी गराएका छन् ।

प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ला हुनेछ । कृषि तथा प्राविधिक सम्बन्धि उच्च स्तरीय जनशक्ति उत्पादन तथा कृषि र प्राविधिक सम्बन्धि अध्ययन अनुसन्धानलाई समय सापेक्ष, व्यापक, व्यवहारिक र स्तरीय बनाउन प्रदेशस्तरी कृषि तथा प्राविधिक विश्वविद्यालय स्थापना आवश्यक देखिएकोले नेपालको संविधानको धारा २०२ बमोजिम प्रदेशसभा संचालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरेको हो ।

त्यस्तै जनकपुरधाममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थाापना गरि संचालनमा ल्याई सकेको प्रदेश सरकारले राजविराजमा कृषि विश्वविद्यालय र विरगंजमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको हुन् । यसैगरि प्रदेश-२ सरकारले ग्रिन सिटी क्लिन सिटी अन्तर्गत पहिलो चरणमा जनकपुरधाम, राजविराज र विरगंजमा सरसफाई, बिजुली बत्ति तथा वृक्षारोपण कार्य संचालन गर्ने निर्णय समेत गरिएको प्रवक्ता साहले बताएका छन् ।

मन्त्रीपरिषदले प्रदेश सरकारद्वारा संचालित विकास निर्माणको कार्यलाई प्राविधिक सहितको उच्च स्तरीय टोलीद्वारा स्थलगत निरीक्षण गराई ढिला सुस्ती एवं गुणस्तरहिन काम गरि रहेको पाईए त्यस्ता ठेक्केदार कम्पनीलाई बैंक ग्यारेन्टी जफत देखी कालो सूचिमा राख्ने सम्मको कारबाही प्रक्रिया अघि बढाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार