काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले एनओसी नदिँदा नेपाल प्रिमियर लिग ९एनपीएल० मा पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायम रहेको क्यानले जनाएको छ ।
नेपाल क्रिकेट संघ ९क्यान० का अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तानका खेलाडीहरूको अहिलेसम्म अब्जेक्सन सर्टिफिकेट ९एनओसी० नआएको बताएका छन् । जसका कारण उनीहरूले एनपीएल खेल्नेबार अन्योल कायमै रहेको हो ।
अध्यक्ष चन्दले पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० ले एनओसीको विषयमा कुनै रेस्पोन्स नगरेको बताए ।
‘कसैले एनओसी दिएन भने हामीले जबरजस्ती खेलाउन सक्दैनौं,’ उनले भने, ‘अहिलेसम्म एनओसी आएको छैन ।’
पाकिस्तान क्रिकेट बोर्डले फ्रेन्चाइजमा सम्भावना भएको लिगहरूलाई कमजोर पार्ने कदम चालेको क्यान अध्यक्ष चन्दले उल्लेख गरे ।
उनले भने, ‘यो गलत नजिर स्थापित गरेको छ । फ्रेन्चाइजमा सम्भावना भएको लिगहरूलाई कमजोर पार्ने खेल हो ।’
पीसीबीले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई एनओसी दिन थप २५ हजार अमेरिकी डलर मागेको थियो । योसँगै तत्कालका लागि पाकिस्तानका खेलाडीहरू एनपीएल खेल्नेबारे अन्योल बनेको छ ।
कर्णाली याक्स, जनकपुर बोल्ट्स र चितवन राइनोजले पाकिस्तानका खेलाडी टोलीमा अनुबन्ध गरेका थिए ।
कर्णालीमा अनुबन्ध भएका पाकिस्तानी खेलाडी साहिबजादा फरहान स्वदेश फर्किसकेका छन् । कर्णालीमा अनुबन्ध भएका पाकिस्तानका हुसेन तलत खेल्नेबारे पनि अन्योल कायमै छ ।
जनकपुरमा पाकिस्तानका इफ्तिखार अहमद र हुनैन शाह अनुबन्ध भएका थिए । पाकिस्तानका उसामा मिर, हसन अली र मोहम्मद नवाज चितवन टोलीमा थिए । अनुबन्ध भएका पाकिस्तानी खेलाडी खेल्न नपाउँदा फ्रेन्चाइज टोलीहरूलाई विदेशी खेलाडी ९४० कोटा पूरा गर्न कठिन छ ।


