बाढीपीडितका लागि मधेशका होटल व्यवसायीको १२ लाख रुपियाँ सहयोग


महोत्तरी। भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि मधेश प्रदेशका होटल तथा पर्यटन व्यवसायीले करिब १२ लाख रुपियाँ सहयोग गर्नुभएको छ ।नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेश प्रदेशको पहलमा सञ्चालित सहयोग अभियानबाट ११ लाख ७९ हजार रुपियाँभन्दा बढी रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघले जनाएको छ ।

विपद्मा परेका परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा मधेश प्रदेशमा आबद्ध होटल व्यवसायी तथा विभिन्न होटल संघको सहभागिता रहेको थियो । अभियानअन्तर्गत पर्साको भिस्वा होटलले पाँच लाख रुपियाँ सहयोग गरेको छ। लालगढको गौतम होटलले एक लाख ५१ हजार, सर्लाहीको नमस्ते होटलले एक लाख ११ हजार १११, धनुषाको होटल हंसराजले एक लाख १० हजार तथा महोत्तरी होटल संघ र सर्लाहीको सुजाता होटलले एक–एक लाख रुपियाँ सहयोग गरेका छन् ।

यसैगरी जनकपुरधामको होटल वेलकम र धनुषाको राजु होटलले ५१–५१ हजार तथा रौतहटको चन्द्रपुरस्थित गोल्डेन ब्याङ्क्वेटले पाँच हजार १०० रुपियाँ सहयोग गरेको महासंघका मधेश प्रदेश अध्यक्ष हिरा गौतमले जानकारी दिए। अध्यक्ष गौतमले होटल तथा पर्यटन व्यवसायलाई आर्थिक गतिविधिमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व बहन गर्ने क्षेत्रका रूपमा पनि अघि बढाउनुपर्ने बताए। विपद्को समयमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु(याउने उद्देश्यले अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो। “विपत्तिको समयमा सहयोग रकमको आकारभन्दा पीडित नागरिकप्रति देखाइएको संवेदना, एकता र सहकार्य महत्वपूर्ण हुन्छ। व्यवसायीले आफ्नो क्षमताअनुसार गरेको सहयोगले राहत तथा उद्धारका लागि भइरहेका प्रयासमा थप टेवा पुग्नेछ,” उनले भने।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार