धनुषा – ३ : बढ्दै रास्वपाको क्रेज, मधेस आन्दोलनका अगुवा नेतृ विन्दु ठाकुर सहित ३०० भन्दा बढी युवा रास्वपामा प्रवेश


जनकपुरधाम। आसन्न प्रतिनिधिसभा निर्वाचन आउन जम्मा १६ दिन बाँकी रहँदा धनुषा- ३ को निर्वाचन रोचक मोडमा पुग्दै गएको छ। सोही क्रममा आज मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाका युवा नेता किशन साहको सहजीकरणमा तीन सय भन्दा बढी युवा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा  पार्टी प्रवेश गरेका छ्न। पार्टी प्रवेशका मुख्य आकर्षण नेकपा एमालेबाट आएका सरोज यादव र सतिश सिंह थिए भने युवा अगुवा आशुतोष साह (छोटु) र जावेद हुसेन थिए। त्यसैगरि महिला नेतृत्वतिर विभिन्न मधेश केन्द्रित दलमा योगदान दिएका र पछिल्ला समय जसपा परित्याग गरेका विन्दु ठाकुर प्रवेश गरेकी छिन्।ठाकुर मधेस आन्दोलनका बखत अग्रपंगतिमा रहेर आन्दोलनको नेतृत्व गरिससकेकि छिन् ।

रेल्वे स्टेसनबाट शुरु भएको युवाहरुको मार्चपासलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झा पनि सहभागी भएका थिए । सो मार्चपासमा झाका चुनावी कमान्डर एवं जितेन्द्र महासेठसँग चुनावी मोर्चाको नेतृत्व गरिरहेको अम्भुप्रसाद साह र गत साता मात्रै रास्वपा प्रवेश गरेका डा. राजीव झा पनि सहभागी थिए।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार