काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज आफ्नो चुनावी संकल्पपत्र सार्वजनिक गर्ने भएको छ। पार्टीले फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै दिउँसो १:१५ बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी संकल्पपत्र सार्वजनिक गर्न लागेको जनाएको छ।
यसअघि निर्वाचन आयोग ले निर्वाचनमा सहभागी हुने सबै राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र आफ्नो चुनावी घोषणापत्र पेस गर्न निर्देशन दिएको थियो।



