पूर्वगृहमन्त्री लेखक बयानका लागि आज आयोगमा जाँदै


जनकपुरधाम । पूर्वगृहमन्त्री रमेश लेखक आज भदौ २३ र २४ गते भएका घटनासम्बन्धी बयान दिन जाँचबुझ आयोगमा उपस्थित हुँदैछन् ।

जेनजी आन्दोलनका क्रममा गृहमन्त्री रहेका लेखकविरुद्ध आन्दोलनरत विद्यार्थीमाथि गोली चलाउन आदेश दिएको आरोप लागेको छ । भदौ २३ र २४ गतेको आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले बयानका लागि बोलाएपछि उनी आयोगमा जान लागेका हुन् ।

लेखकले आयोगका सदस्यहरूले सोध्ने प्रश्नहरूको जवाफ दिँदै उक्त दिनको घटनाबारे आफ्नो धारणा र जानकारी प्रस्तुत गर्ने छन् । आयोग स्रोतका अनुसार उनलाई दिउँसो १२ बजे बयानका लागि बोलाइएको छ ।

आयोगमा बयान दिएपछि लेखकले सञ्चारकर्मीहरूलाई जानकारी गराउने कार्यक्रमसमेत राखेका छन् । दिउँसो २ बजेपछि सिंहदरबारमा पत्रकारहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार