पुराना कार्यकर्ताहरूको मूल्याङ्कन नभएको भन्दै एमाले छाडेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश


जनकपुरधाम । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा प्रवेश गरेकी छन् ।

सिरहाको गोलबजारमा सोमबार आयोजित कार्यक्रमबीच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा भित्रिएका हुन् ।
उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरे । थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् ।

लामो समय एमालेमा सक्रिय थपलियाले केही समयअघि मात्रै एमाले सिरहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको बताएकी थिइन्।
उनले पुराना कार्यकर्ताहरूको मूल्याङ्कन नभएको आरोप लगाउँदै एमाले परित्यागको घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार