कान्ति बाल अस्पतालमा स्वास्थ्यमन्त्रीको निरिक्षण, बिदाको समयमा पनि सेवा प्रवाह गर्न निर्देशन


काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले कान्ति बाल अस्पतालमा सार्वजनिक विदा तथा अस्पताल समयभन्दा अन्य समयमा समेत ल्याब तथा रेडियोलोजीका सेवाहरु सुचारु गर्न निर्देशन दिएकी छन् । आईतबार निरिक्षण तथा अनुगमनका क्रममा अस्पताल पुगेकी डा. गौतमले अस्पतालबाट आम नागरिकलाई सेवा प्रवाहमा कुनै पनि ढिलासुस्ती नगरी स्वास्थ्य सेवा प्रवाह गर्न र कुनै पनि गुनासा नआउने गरी सेवा प्रवाह गर्न समेत अस्पताल प्रशासनलाई निर्देशन दिएकी हुन् । मन्त्रालयले अस्पतालको सेवा प्रवाह प्रभावकारी बनाउन लागि आवश्यक पर्ने चिकित्सकरस्वास्थ्यकर्मी, लजिस्टिक र अन्य स्रोतसाधनको सहयोग गर्ने समेत बताएकी छन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार