स्वास्थ्यमन्त्री शर्मा र जर्मनीका राजदुतबीच भेटवार्ता, जेनेरिक औषधिको गुणस्तरीय उत्पादनका विषयमा छलफल


काठमाडौैं-स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उदो युजेन भोल्ज बीच शिष्टाचार भेटवार्ता भएको छ । बिहिवार मन्त्रालयमा भएको भेटमा दुई देशबीच स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने लगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त भेटवार्तामा स्वास्थ्य बीमा प्रणालीलाई सुदृढ बनाउने, जेनेरिक औषधिको गुणस्तरीय उत्पादन, स्वास्थ्य क्षेत्रमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण प्रवर्द्धन गर्ने, साथै डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता प्रयोगमार्फत स्वास्थ्य बीमा दावी व्यवस्थापन गर्ने, स्वास्थ्य पूर्वाधार विकास गर्ने लगायत विषयमा सहयोग गर्ने बारे छलफल भएको छ । मन्त्री शर्माले संघीय गणतन्त्र जर्मनी सरकारले नेपालमा हालसम्म स्वास्थ्य क्षेत्रमा गरेका विभिन्न सहयोगहरूको स्मरण गर्दै सो सहयोगप्रति हार्दिक आभार व्यक्त गरेकी थिईन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार