प्रधानमन्त्री ओली साउन ३० गते जनकपुर आउने


जनकपुरधाम — प्रधानमन्त्री केपी शर्मा ओली आगामी साउन ३० गते जनकपुरधाम आउने भएका छन्। उनी मधेश प्रदेश प्रहरी कार्यालयको नयाँ भवन उद्घाटन गर्न जनकपुरधाम आउने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा सुरक्षा व्यवस्था कडा पारिएको छ। मधेश प्रदेश प्रहरी कार्यालयको स्रोतका अनुसार, उद्घाटन समारोहमा प्रदेश तथा स्थानीय तहका प्रमुख अधिकारीहरू, राजनीतिक दलका प्रतिनिधि र सुरक्षाकर्मीहरूको उपस्थिति रहनेछ।

यसअघि पनि प्रधानमन्त्री ओलीले विभिन्न विकास परियोजनाको उद्घाटन तथा निरीक्षणका लागि मधेश प्रदेशका विभिन्न जिल्लामा भ्रमण गरेका छन्।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार