
जनकपुरधाम- धनुषा जिल्लामा सञ्चालित सशक्त वालिका परियोजनमा भएका क्रियाकलापहरुको समिक्षा बैठकहरुको अनुगमन कार्य सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना (GSS) ले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमा काम गर्दै आएको छ ।
सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ तथा शहीदनगर नगरपालिकाको वडा नं. ७ मा यो कार्यक्रम संचालित छ । अनुगमनमा जानकी महिला जागरण समाजको पदाधिकारीहरु मन्दा कुमारी कर्ण, सन्जुदेवी दास, रामदत्त ठाकुर लगायत परियोजनाको कर्मचारीहरु रहेका थिए ।
अनुगमनकोक्रममा शहिदनगर ७ को नेमुवाटोलमा सकारात्मक अभिभावकत्व सत्रमा छलफल तथा अनुभव आदान प्रदान गरियो । त्यस्तै सबैला नगरपालिका ७ को भठियन टोलको किशोरी समुहमा विगत ९ महिनामा चलेको स्टिक एन्ड स्टोन कक्षाको समिक्षा गरियो । सबैला ११ को २ वटा किशोरी समुहमा पनि स्टिक एन्ड स्टोन कक्षाको समिक्षा गरियो ।
छलफलको क्रममा आ आफ्नो अनुभव आदान प्रदान गरियो भने कार्यक्रले समुदायमा पारेको प्रभाव बारेमा सहभागिले कुुराहरु राखे । आगामी दिनमा बालविबाह विरुद्घ हुने गतिविधिमा सक्रियतापुर्वक लाग्ने प्रतिवद्दता पनि व्यक्त गरे । अनुगमनमा सबैला नगरपालिकाबाट महिला बालवालिका शाखा प्रमुख तथा वडा अध्यक्षहरुले समेत बालविबाह न्युनिकरणमा परियोजनाले खेलेको भुमिकाको प्रसंसा गरे भने आफ्नो बडा तथा नगरपालिकालाई बालमैत्री घोषणा चाडै गर्न लागि पर्ने वताए ।