कटुवा पेस्तोलसहित सिरहाबाट दुई जना पक्राउ


जनकपुरधाम – सिरहामा प्रहरीले कटुवा पेस्तोलसहित दुई जना युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको गोलबजार नगरपालिका–१२ बेतौना बस्ने १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णुकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार सोमबार राति करिब साढे ८ बजे गोलबजार –११ बल्कबास्थित मैनाबती खोलामा लागेको भब्री मेलामा आएका व्यक्तिहरुबीच भइरहेको झैंझगडाको क्रममा प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।

मेलाबाट भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रमोदको साथबाट कटुवा पेस्तोल १ थान र विष्णुको साथबाट फलामको नक फेला परेकोले उनीहरुलाई नियन्त्रणमा लिई हातहतियारसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट म्याद थप गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार