जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु


जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको छ । आइतबार जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रमको सुरुवात गरिएको हो ।
सरकारले बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै बित्तीय संरक्षण प्रदान गर्ने उद्देश्य राखेको छ । जस अनुसार धनुषामा जानकी मेडिकल कलेजले भाद्र १ गते देखि स्वास्थ्य बीमा सुबिधा लागू गरेको अस्पतालले जनाएको छ ।
बीमा मार्फत उपचार सुविधा लिँदा यस अस्पतालमा २० प्रतिशत रकम बिरामीले भुक्तानी गर्नुपर्ने र त्यसका लागि रेफर भएको हुनुपर्ने प्राबधान रहेको अस्पतालले जनाएको छ । तर इमर्जेन्सीको हकमा रेफर नभए पनि उपचार गर्न भने मिल्ने अस्पतालका प्रमुख प्रा.डा धर्म सुबेदीले जानकारी दिए ।


बीमा कार्यक्रमका लागि विशेष टास्क फोर्स समेत गठन गरिएको प्रमुख प्रा.डा सुबेदीले बताए । स्वास्थ्य बीमाका क्रममा कुनै प्रकारको गुनासो आएमा अस्पताललाई गुनासो गर्न सकिने ब्यबस्था गरिएको समेत उनले जानकारी दिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिती धनुषाका अध्यक्ष राजनन्दन मण्डलले जानकी मेडिकलको भूमिका यस क्षेत्रकाको स्वास्थ्य सुधार र सुबिधाको लागि महत्त्वपूर्ण रहेको बताए । वरिष्ठचिकित्सकहरुबाट उपचार गर्न यसै ठाउँबाट सकिनु सुखद पक्ष रहेको उनले औल्याए ।
त्यस्तै कार्यक्रममा बोल्दै वाडाध्यक्षहरुले स्वास्थ्य बीमा न्यून खर्चमा सेवा दिने हुँदा सर्वसाधारणका लागि लाभदायिक हुने बताए । कार्यक्रममा वडाध्यक्षहरु मकेश्वर यादब , जगदिश यादब ,देबु यादब, जिबछ मण्डल र कार्यपालिका सदस्य दिपक साह लगाएत समाजसेवि बुद्धिजिबि र सर्बसाधारणहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार