एजेन्सी, ३१ जेठ । जापानको एक सैन्य तालिम केन्द्रमा नयाँ भर्ती भएका सैनिकले गोली चलाउँदा दुई जापानी प्रशिक्षक सैनिकको मृत्यु भएको र एकजना घाइते भएका छन् ।
१८ वर्षीय ती प्रशिक्षार्थीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको र हत्या प्रयासको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ती प्रशिक्षार्थीले बुधबार गिफुमा गोली चलाउने अभ्यासका क्रममा प्रशिक्षकहरूमाथि आठ पटक गोली प्रहार गरेका थिए। मारिनेहरूमा एक २५ वर्षीय पुरुष पनि रहेको अधिकारीहरूले बताएका छन् ।
घटनाका अन्य पीडितहरुको विवरणहरू अझै पत्ता लागेको छैन । तर उनीहरू सबै प्रशिक्षकहरु नै रहेको प्रहरीले जनाएको छ ।


