एजेन्सी, २१ जेठ । युक्रेनको मध्य शहर डिनिप्रोमा भएको रुसी हमलामा कम्तीमा २० जना घाइते भएका छन् ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साझा गरेको भिडियोमा उद्धारकर्ताहरूले दुई तले भवनको अवशेष खोजिरहेको देखाइएको छ ।
सो हमलामा अरु पनि फसेको आशंकामा भग्नावशेषमा खोजी जारी राखिएको छ । एक युक्रेनी सुरक्षा अधिकारीका अनुसार राजधानी कीभमा सो आक्रामणपछि विस्फोटको आवाज सुनिएको छ र हवाई प्रतिरक्षा प्रणाली फेरि तैनाथ गरिएको छ ।
युक्रेनका सबैजसो भागमा हवाई आक्रमणको अलर्टमा राखिएको छ। रुसले पछिल्लो घटनाबारे भने कुनै प्रतिक्रिया दिएको छैन ।
जेलेन्स्कीले डिनिप्रोमा भएको विस्फोटलाई जानाजानी रूसी आक्रमणको रूपमा वर्णन गरेका छन ।
तर रूसले छिमेकी देशमा आक्रमण गर्दा नागरिकहरूलाई लक्षित गर्ने गरेको सुरु देखि नै अस्वीकार गर्दै आएको छ ।


