विराटनगर, २ चैत । कोशी प्रदेशको नेपाली कांग्रेस संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त भएका छन् ।
संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन् । उनी कांग्रेस उदयपुरका जिल्ला सभापति हुन् ।
पूर्वभौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका कार्की उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (२) बाट निर्वाचित भएका थिए ।
कोशी प्रदेशमा कांग्रेसका २९ जना सांसद निर्वाचित भएका छन् ।



