लिभरपुललाई हराउँदै रियल मड्रिड क्वाटरफाइनलमा प्रवेश


एजेन्सी, २ चैत । रियल मड्रिड युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा खेल्ने भएको छ । राउण्ड अफ १६ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा लिभरपुललाई १–० ले हराउँदै रियल क्वाटरफाइनलमा प्रवेश गरेपछि खेल्ने भएको हो ।

समग्रमा ६–२ को जितसहित रियल क्वाटरफाइनलमा प्रवेश गरेको छ । लिभरपुलको मैदानमा भएको पहिलो लेगमा रियलले लिभरपुललाई ५–२ ले हराएको थियो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा रियललाई विजयी गराउन करिम बेन्जमाले निर्णायक गोल गरेका थिए । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए । सोही गोल नै रियललाइ क्वाटरफाइनलमा प्रवेश गराउन सफल भएको हो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार