पिएसजीका डिफेन्डर हाकिमीविरुद्ध बलात्कारको आरोप


एजेन्सी, १७ फागुन । मोरक्को तथा फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीविरुद्ध बलात्कारको आरोप लागेको छ । बीबीसीआ अनुसार उनीमाथिको आरोपको विषयमा फ्रान्सको सम्बन्धित कार्यालयले प्रारम्भिक अनुसन्धान थालेको छ ।

२४ वर्षीया महिलाले हाकिमीले २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार गरेको आरोप लगाएकी छन् ।

महिलाले आइतबार प्रहरी चौकीमा घटनाबारे जानकारी गराए पनि आरोप दर्ता नगरेको बीबीसीले लेखेको छ ।

मुद्दा हेर्ने सार्वजनिक अभियोजकको कार्यालयले मुद्दाको विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । यद्यपि अनुसन्धान सुरु भएको पुष्टि भने गरेको छ ।

स्पेनमा जन्मेका हाकिमी मोरक्कोले कतारमा भएको विश्वकपको सेमिफाइनलमा पुगेर इतिहास रच्दा एक प्रमुख खेलाडी थिए । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टिम बनेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार