तिम्री आमाले त्यति बेला धेरै दुःख पाएको हुनुपर्छ – हेलेन


काठमाडौँ, ११ फागुन । अरबाज खानको च्याट सो ‘द इन्भिन्सिबल्स विथ अरबाज खान’ का कारण अहिले चर्चामा छन् । यस शोको एपिसोडको फेब्रुअरी १७ अर्थात् आज रिलिज भएको छ । जसमा अरबाजकी सौतेनी आमा अर्थात् प्रसिद्ध डान्सर हेलेन अतिथिको रूपमा आइपुगेकी छिन् ।

यस भिडियोमा हेलेन अरबाजसँग कुरा गर्दा भावुक हुदैँ उनले भन्छिन्, ‘सलिम र मेरो सम्बन्धको सुरुवाती समय तिम्री आमा सलमाका लागि असाध्यै खराब रह्यो भन्ने म महसुस गर्न सक्छु ।’ यसका साथै हेलेनले आफू कहिले पनि परिवारबाट टाढा हुन नचाहेको पनि बताइन् ।

वास्तवमा करियरसँग सम्बन्धित कुराकानीको क्रममा सोध्छन्, ‘के यो त्यही समय थियो जब तपाईँले मिस्टर सलिम खान अर्थात् हाम्रो पितालाई भेट्नुभएको थियो ?’

यसको जवाफ दिँदै हेलेनले भनिन्, ‘उहाँले मलाई एउटा भूमिका प्रस्ताव गर्नुभएको थियो । हामी साथी बन्यौँ । मम्मी असाध्यै राम्री थिइन् ।’ अरबाजले सोधे, ‘त्यो समय तपाईँका लागि निकै मुस्किल रह्यो होला ?’ जवाफमा हेलेन भन्छिन्, ‘हो, तिम्री आमाले त्यति बेला धेरै कुरा सहेकी होलिन् ।’

सलिमले हेलेनलाई १९५० र १९६० को दशकको बीचमा धेरै बलिउड प्रोजेक्टहरू प्राप्त गर्न मद्दत गरेका थिए । केही वर्षपछि दुवै प्रेममा परे । भनेपछि सलिम र हेलेनले सन् १९८० मा विवाह गरे । त्यस बेला सलिम ४५ र हेलेन ४२ वर्षकी थिइन् । यस बाहेक सलिम ५ सन्तानका पिता पनि थिए ।

सन् १९९० मा फिल्म फेयरलाई दिएको एक अन्तर्वार्तामा सलमानले सलिम र हेलेनको विवाहले उनकी आमा सलमालाई नराम्रोसँग तोडेको बताएका थिए । उनले सबै कठिनाइका बाबजुद हेलेन उनको परिवारको नजिकको हिस्सा बन्न सफल भइन् ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार