अब फेसबुक र इन्स्टाग्राममा ब्लू टिकका पैसा तिर्नुपर्ने


एजेन्सी, १० फागुन । मेटा कम्पनीले आफ्नो नयाँ सशुल्क भेरिफिकेशन सब्सक्रिप्सन सेवा उपलब्ध गराउने भएको छ ।\

सीईओ मार्क जुकरबर्गले मेटा भेरिफाइड नामक नयाँ सेवाको घोषणा गर्दै यस्तो जनाएको हो ।

जुकरबर्गले जनाएअनुसार अब इन्स्टाग्राम र फेसबुकको अकाउन्ट भेरिफिकेसनका लागि वेब भर्सनमा मासिक ११.९९ डलर र आइओएसमा १४.९९ डलर शुल्क तिर्नुपर्ने हुन्छ ।

जुकरबर्गले फेसबुक र इन्स्टाग्राममा सशुल्क भेरिफिकेसन फिचर यहीँ सातादेखि अष्ट्रेलिया र न्युजिल्याण्डमा सुरु गरिनेछ भने निकट भविष्यमै अन्य देशहरुमा पनि सशुल्क भेरिफिकेसन सब्सक्रिप्सन सुरु गरिने बताए ।

फेसबुक र इन्स्टाग्राममा सुरु गर्ने सशुल्क भेरिफिकेसन फिचरले आफ्ना सेवाहरुको आधिकारिकता र सुरक्षामा वृद्धि गर्ने जुकरबर्गले बताए ।

मेटाले राजनेता, कार्यकारीहरु, पत्रकार तथा संगठनका सदस्यहरु आदिलाई उनीहरुको वैधताको संकेत प्रदान गर्नका लागि हाल निशुल्क रुपमा भेरिफिकेसन ब्याजका रपमा निलो टिक प्रदान गर्दै आएको छ ।

मेटाको नयाँ सब्सक्रिप्सन सर्भिस ट्वीटरको नयाँ सशुल्क ट्वीटर ब्लू फिचरजस्तै छ । ट्वीटरले गत नोभेम्बरमा ट्वीटर ब्लू सब्सक्रिप्सन सर्भिस सुरु गरे छ भने डिसेम्बरदेखि केही सुधारसहित पुनः लागू गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार