४ हजारभन्दा बढी साधुसन्तलाई दक्षिणासहित बिदाइ


काठमाडौं, ८ फागुन । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी भएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ ।

सोमबार कोषले भारतसहित विभिन्न देशबाट आएका ४ हजारभन्दा बढी साधुसन्तको बिदाइ गरेको हो ।

वरीयताका आधारमा दक्षिणा र रुद्राक्षको माला दिएर साधुसन्तको बिदाइ गरिएको छ ।

साधुसन्तको वरीयताको आधारमा ५ सयदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिएर बिदाइ गरिएको कोषले जनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार