बारा, २ फागुन । बारामा विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा (सेज) मा निर्माणाधीन भवन भत्किँदा दुईजना घाइते भएका छन् ।
भवन भत्किँदा मोरङको सुनबारी नगरपालिका–६ का २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका हुन् ।
सिमरा सेजका इन्जिनियर यज्ञराज जोशीका अनुसार पिलरको उचाइ बढी हुँदा ढलान भएको टेकोमा समस्या आएर भवन भत्किएको हो ।
घाइते दुबैजनाको सिमरास्थित तराई अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रूद्र कँडेलले जानकारी दिए ।
स्थानीयले ठेकदारको लापरबाहीले निर्माणाधीन भवन भत्किएको आरोप लगाएका छन् ।


