नगर प्रमुखमाथि हातपातको प्रयास गरेको आरोपमा तीन जना पक्राउ


महोत्तरी । महोत्तरीको औरही नगरपालिकामा मेयरमाथि हातपात प्रयास गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

नगर प्रमुख प्रदीपकुमार खड्काले बुधबार आफूमाथि कार्यालयमै हातपातको प्रयास भएको बताएका छन् । बिहान करिब ११:३० बजे केही व्यक्तिहरू ठूलो समूहमा नगरपालिकाको कार्यालयभित्र पसेर आफूमाथि हातपातको प्रयास गरेको आरोप बताएका छन् ।

सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ परेको हो । पक्राउ पर्नेहरूमा औरही–८ का रामबाबु दास, अजयकुमार साह र राजेशकुमार साह रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको समूह नगरपालिका कार्यालय प्रवेश गरेर नगरप्रमुखसहितका जनप्रतिनिधि तथा कर्मचारीमाथि समेत अभद्र व्यवहार र हातपात भएको आरोप छ ।

घटनापश्चात् कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार