स्कटल्याण्ड र नामिबियासँगको सिरिज नेपालका लागि महत्वपूर्ण : रोहित पौडेल


काठमाडौं, १ फागुन । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियाबीचको सिरिज महत्वपूर्ण रहेको बताएका छन् । उनले नेपाल क्रिकेटको भविष्यसँग जोडिएकाले यो सिरिज निकै महत्वपूर्ण रहेको बताएका हुन् ।

रोहितले यो शृंखलामा सबै खेल जित्नुपर्ने अबस्थाबारे टोली जानकार रहेको पनि बताए । विश्वकप लिग–२ मा नेपालले अब १२ खेल खेल्न बाँकी छ । १२ मध्ये नेपालले शीर्ष पाँचमा पर्न कम्तिमा ९ म्याच जित्नुपर्ने छ ।

नेपाल अहिले २४ खेलबाट १८ अंकका साथ तालिकाको छैटौँ स्थानमा छ । स्कटल्याण्ड भने अंक तालिकाको शीर्ष स्थानमा छ । उसले ३२ म्याच खेल्दा २२ मा जित, ८ मा हार र दुई खेलमा अंक बाँडेको छ । त्यस्तै, तेस्रो स्थानमा रहेको नामिबियाले ३० म्याच खेल्दा १८ मा जित, ११ मा हार र एक खेलमा अंक बाँडेको छ ।

स्कटल्याण्ड शीर्ष दुईमा रहेर सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने पक्का छ । नामिबियाले पनि यो उपलब्धि हासिल गर्ने सम्भावना बलियो छ । शीर्ष दुईमा रहेर विश्वकप छनोट खेल्ने नेपालको सम्भावना भने समाप्त भएको छ । अब नेपालको लक्ष्य शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउनु हुनेछ ।

स्कटल्याण्ड र नामिबियाविरुद्ध घरेलु मैदानमा सिरिज खेल्न लागेकाले टोलीलाई केही फाइदा पुग्ने रोहितले बताए ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार