कलैयामा फागुन ९ गतेदेखि मेयर कप हुने


बारा, १ फागुन । बाराको सदरमुकाम कलैयामा फागुन ९ गतेदेखि कलैया टी–२० मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कलैया उपमहानगरपालिकाको मुख्य सहयोगमा कलैया क्रिकेट क्लबले टी–२० मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

कलैयाको सिद्धेश्वरस्थित खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका ६ वटा टिमले भाग लिने आयोजकले जनाएको छ ।

बाराको कलैया, पर्साको वीरगन्ज, चितवन र मकवानपुर तथा भारत बिहारको बेतिया र मोतिहारी क्रिकेट क्लबले भाग लिने आयोजक कलैया क्रिकेट क्लबलका अध्यक्ष तसिरुद्दिन मन्सूरले पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितको उपाधि विजेता टिमलाई नगद ६० हजार सहित ट्रफी र उपविजेता टिमलाई नगद ३० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले प्रतियोगिताको विजेता र उपविजेता टिमलाई प्रदान गरिने ट्रफी सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार