सर्लाही, २६ माघ । सर्लाहीमा सवारी दुर्घटनामा परी घाइते भएका युवकको मृत्यु भएको छ ।
जिल्लाको पर्सा गाउँपालिकामा पाँच दिनअघि मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
गत शुक्रबार राति हुलाकी सडक अन्तर्गत पर्सा गाउँपालिका–५ मा ज ७ प ३९२ नम्बरको मोटरसाइकल सडक छेउमा रोकीराखेको ट्याक्टरको ट्रलीमा गएर ठोक्किँदा घाइते भएका हरिपूर्वा नगरपालिका–५ का ३० वर्षीय कन्हैया झाको मृत्यु भएको हो ।
झाको उपचारका क्रममा बुधबार राति न्यूरो अस्पताल बारामा मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।
यस्तै, सोही दुर्घटनामा घाइते हरिपूर्वाकै राजीव महतो र मलंगवाका प्रवीण झाको न्यूरो अस्पताल बारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


