‘ए’ डिभिजन लिगका लागि रुपेश केसी र डोना थापा अनुबन्धित


काठमाडौं, २२ माघ । शहीद स्मार ‘ए’ डिभिजन लिगका लागि कुपण्डोलको फ्रेण्ड्स क्लबले दुई मिडफिल्डर रुपेश केसी र डोना थापालाई अनुबन्ध गरेको हो ।

फ्रेण्ड्सले दुई खेलाडीलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी गराएको हो ।

रुपेशले यसअघि मनाङ मर्स्याङ्दी क्लबबाट लिग खेलेका थिए भने डोनाले थ्रीस्टार क्लबबाट खेलेका थिए । नयाँ सिजनका लागि टिम तयार पार्ने क्रममा फ्रेण्ड्सले खेलाडीहरु अनुबन्ध गरिरहेको छ ।

फ्रेण्ड्सले यसअघि गोलकिपर विशाल सुनार र फरवार्ड राजेश परियारलाई अनुबन्ध गरेको हो । यस्तै डिफेण्डर असिम भुसालको सम्झौता नवीकरण गरिसकेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ सिजनको लिग फागुन १९ गतेदेखि सुरु गर्ने तालिका सार्वजनिक गरिसकेको छ । फ्रेण्ड्सले नवप्रवेशी एएफसी खुमटारसँग उद्घाटन खेल खेल्दै लिग सुरुवात गर्नेछ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार