पीएसजीले टुलुसमाथि २–१ को पुनरागमन जित निकाल्यो


काठमाडौं, २२ माघ । लिओनल मेसी र अच्रफ हाकिमीको गोलमा फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मनेल (पीएसजी) टुलुसमाथि २–१ को पुनरागमन जित निकालेको हो ।

अंकतालिकाको मध्यतिर रहेको टुलुसले ब्रान्को भान डेन बुमेनको गोलमा २०औं मिनेटमा आश्चर्यजनक रुपमा अग्रता लिएको थियो । तर लामो समय टिकेन । पीएसजीका हाकिमीले ३८औं मिनेटमा गोल गर्दा हाफ टाइम अघि नै खेल बराबरीमा ल्याए ।

त्यसपछि मेसीले ५८औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै पीएसजीलाई अग्रता दिलाउँदै जितसम्म पु¥याए । यस सिजनमा लिगमा मेसीको यो दशौँ गोल हो भने समग्रमा १५औं गोल हो ।

घाइते खेलाडीद्वय किलिएन एमबाप्पे र रनेमार बिनै पीएसजी मैदान उत्रिएको थियो ।

यस जितपछि पीएसजीक २२ खेलबाट ५४ अंकसहित शीर्ष स्थानमा आसिन छ । दोस्रो स्थानको मरासेमाथि पीएसजीले ८ अंकको अग्रता बनाएको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार