‘प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था’


काठमाडौं, १८ माघ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरुले प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने कानुनी व्यवस्था गर्ने बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निर्वाचन सम्बन्धी नयाँ विधेयकमा यो व्यवस्था राख्ने जानकारी दिएका हुन् ।

उनले भने, ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचनमा निर्वाचित हुने प्रणालीतर्फ ३३ प्रतिशत महिला उम्मेदवारी दलले दिनैपर्ने भन्ने प्रावधान राखेका छौंं ।’

स्थानीय तहको प्रमुख र उपप्रमुख अथवा, अध्यक्ष र उपाध्यक्षमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था छ ।

दलहरुले अध्यक्ष वा उपाध्यक्षमध्ये एकजनामात्रै उम्मेदवार बनाउँदा के गर्ने भन्ने कानुनमा प्रष्ट छैन । अब बन्ने कानुनमा एउटा पदमा मात्र उम्मेदवार बनाउँदा महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गर्ने पनि थपलियाले बताए ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार