‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’ सार्वजनिक


काठमाडौं, १७ माघ । चलचित्र ‘छक्कापञ्जा ४’ मा समेटिएको गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ ।

चुनावको माहोल र सन्दर्भको कथावस्तुमा गीतमा छ । भिडिओमा दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देख्न सकिन्छ ।

यो गीत ‘दर्शन सलाम’ मा दीपकसँगै, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार देख्न सकिन्छ ।

दीपक र दीपाले अनस्क्रिन जोडीको रुपमा गीतमा नृत्य गरेका छन् । त्यस्तै स्वस्तिमा र राजलाई जोडीको रुपमा देख्न सकिन्छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार