क्यानको बोर्ड बैठकमा अध्यक्षको राजीनामा माग


पोखरा, १७ माघ । पोखरामा जारी नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकमा अध्यक्ष चतुरबहादुर चन्दको लिखितरुपमा राजीनामा माग गरिएको छ । यो माग क्यानका ७ केन्द्रीय सदस्यले राखेका हुुन् ।

मंगलबार पोखरामा बैठक सुरु भएलगत्तै यो मागसहितको पत्र चन्दलाई बुझाइएको थियो ।

राजीनामा माग गर्नेहरू ऋषिराम गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करन महतरा क्षेत्री, अमित विर पाण्डे, छुम्वी लामा र धर्मराज गिरी छन् ।

राजीनामा दिएर नेपाली क्रिकेटलाई माग प्रशस्त गर्न भन्दै गलत निर्णयको साक्षी नबस्ने उद्घोषसहित आफूहरूले बैठक बहिष्कार गरेको पनि उनीहरूले बताएका छन् ।

 

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार