गृहमन्त्रालयले दलितहरुको सहयोगका लागि ‘हेल्प डेस्क’ राख्न निर्देशन


नेपाली फिल्मका दुई शर्मा अभिनेत्री पूजा र आँचल समकालिन हुन् । करिअरको सुरुवात केही वर्ष ढिलो-चाँडो भए पनि उनीहरु उमेरसँगै फिल्म र म्यूजिक भिडियोको संख्यामा पनि लगभग बराबर छन् । त्यस्तै, दुवैको अहिलेसम्म पाँचवटा फिल्म हिट छन् । यसैले उनीहरुलाई एकअर्काको प्रतिस्पर्धी भनिन्छ । तर, दुवैको सम्बन्ध देखावटी जति राम्रो देखिन्छ, वास्तविकतामा त्यस्तो छैन ।

उनीहरु मौका पाउनुपर्छ, घुमाएर एकअर्कालाई घोचपेच गर्न थालिहाल्छन् । केही हप्ताअघि एक अन्तर्वार्तामा आँचलले पूजालाई ‘अग्रज’को संज्ञा दिइन् । आफूभन्दा धेरै अगाडि करिअर सुरु गरेकाले पूजा ‘अग्रज’ रहेको उनको भनाई थियो । ‘अग्रज’ एकदम सम्मानित शब्द हो । तर, पूजालाई अहिले नै ‘अग्रज’ भन्ने बेला भैसकेको छैन । त्यसमाथि उनीहरु एउटै पिढीका अभिनेत्री हुन् ।

आँचलले पूजालाई ‘अग्रज’ भन्नुमा दुईटा कारण हुनसक्छन् । पहिलो, पूजासँग आफ्नो तुलना गर्न नमिल्ने आशय हुनसक्छ । दोस्रो, पूजाभन्दा आफू नयाँ कलाकार भन्न खोजेको हुनुपर्छ । तर, एउटै उमेरको अभिनेत्रीलाई आँचलले करिअर अगाडि सुरु गरेकाले ‘अग्रज’ भनेर तर्क दिनु सान्दर्भिक देखिन्न । उनले गौरी मल्ललाई ‘अग्रज’ भन्न मिल्छ । किनभने, उनीहरुको पुस्ता नै फरक छ ।

आफूलाई आँचलले ‘अग्रज’ भनेपछि पूजाले पनि घुमाउरो रुपमा ‘काउन्टर अट्याक’ गरेकी छन् । यसै साता एक कार्यक्रममा उनले आफूलाई आँचलले ‘अग्रज’ भनेकोमा कुनै आपत्ति त जनाइनन् तर व्यवहारिक हिसाबमा ‘भाउजु’ समान भन्दै रोस प्रकट गरिन् । एउटा प्रशंगमा पूजाले आँचललाई ‘भाउजु’ सम्बोधन गर्नुको अर्थ थिएन । तर, उनले पनि मौका पाएको बेला घोचपेच गरिहालिन् ।

उनले भनेकी छन्, ‘सम्मान गर्नु भनेको त राम्रो हो । व्यवहारिक हिसाबमा मैले उहाँलाई ‘भाउजु’को रुपमा सम्मान गर्नुपर्छ । मैले दुईटा घर सम्हाल्न जानेको छैन । उहाँ त भिजिसक्नु भयो । व्यवसायिक हिसाबमा म अलि अग्रज हुँला भने व्यक्तिगत जीवनमा मैले उहाँलाई सम्मान गर्नुपर्छ ।’ ‘अग्रज’ भनेको विषयमा पूजाले घर सम्हाल्ने कुरा किन कोट्याइन्, आफैंमा अचम्मको कुरा हो ।

पाएसम्म एकअर्काको खेदो खन्ने गरेका पूजा र आँचलले कहिले काहिँ दोस्तीको हात पनि अगाडि बढाएका उदाहरण छन् । २०७७ सालमा नायिकाहरुको फेक अश्लिल भिडियोको बिषयमा पूजाले आँचललाई फोन गरेकी थिइन् भने उनीहरु इन्स्टाग्राममा साथी पनि बनेका थिए । तर, पछि एकअर्कालाई अनफलो गरे । यसैले भनिएको हुनुपर्छ, ‘फिल्म क्षेत्रमा न दोस्ती टिक्छ, न त दुश्मनी ।’

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार