
पश्चिम नेपालको नवलपरासी जिल्लाका पाल्हीनन्दन गाउँपालिकामा एकमात्र नमुनाकाे रुपमा रहेकाे पाल्ही प्राथमिक स्वास्थ्य केन्द्र कार्तिक २० गते साेमबार देखि १५ सैयाकाे सेवा सञ्चालन हुने छ ।
पालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) काे पहल तथा संघिय सरकारकाे बजेटबाट १५ सैयाकाे अस्पतालकाे भवन २०७२ सालमा शिलान्यास भएकाे थियाे । करिब ६ कराेड पचास लाखको बजेटमा अस्पतालको नयाँ भवन बनेर सम्पन्न भएकाे गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिनु भएका छन् ।
पालिकाबासीलाई उपचारका लागि बाहिर जान्न नपर्ने मुख्य उदेश्यकाे साथ याे अस्पतालकाे स्तरोन्नति गरिएकाे उहाँले बताए । अब छिटोभन्दा छिटाे अस्पतालकाे समुउद्धाटन गरि यसै अस्पतालमा एपेण्डीक्स, बच्चा डिलेभरी तथा शल्यक्रियाका साथ सेवाहरु सञ्चालनमा ल्याउने अध्यक्ष गुप्ताले जानकारी दिए ।