
अर्जुन साह/कपिलवस्तु, कार्तिक ९
मानव बेचविखनबाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक एकदिने छलफल कार्यक्रम कृष्णनगर नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न गरेको छ ।
कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रराम चौधरीको अध्यक्षता गरेको कार्यक्रममा मानव सम्बन्धि जानकारी दिदै भने, मानव बेचविखन तथा ओसारपसार के हो ? महिला तथा बालबालिकाहरू माथी हुने मुख्य जोखिमहरू, मानव बेचविखनका कारण, समस्या पर्दा सहयोगका लागि निकायहरू लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको गरेका छन् ।
कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा उपाध्यायले कार्यक्रमको मुख्यमुख्य मुद्दा राखेको थिए । साथै कार्यक्रममाको बारेमा हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशवहा, शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थी तथा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्रीले मानव सम्बन्धि प्रकाश पार्नुभयो । कार्यक्रममा व्यवस्थापनको भुमिका हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तवले गर्नुभयो ।
सो कार्यक्रममा स्थानीय समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, पत्रकार, सुरक्षाकर्मी, कर्मचारी लगायत अन्यको उपस्थिती रहेको थियो ।



