
न्युजडेस्क/जनकपुरधाम, कात्तिक ८
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले वर्तमान अबस्थाको निर्वाचन प्रणाली मुलुकका लागी घातक रहेको बताएका हुन् ।
जनता समाजवादी पार्टी जनकपुरधाम उपमहानगर समितिले जनकपुरधामको ब्याहुत कलवार कुट्टीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना दिदै अध्यक्ष यादवले वर्तमान अबस्थाको निर्वाचन प्रणालीले अगामी दिनमा थप संकट निम्त्याउने सक्ने, भएको हुँदा निर्वाचन प्रणाली फेर्नु पर्ने बताउनु भयो ।
साथै वर्तमान अबस्थामा दिनानुदिन महंगिदै गएको निर्वाचनले योग्य र इमान्दार व्यक्तिहरु राजनीतिबाट पलायन हुने तथा माफियाहरु हावी हुने भएको हुँदा प्रत्यक्ष निर्वाचित रास्ट्रपतिय प्रणाली र पूर्ण दलिय समानुपातिक संसदीय प्रणालीमा जानु पर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । करौडो खर्च गरेर चुनाव जित्ने जनप्रतिनिधिहरुबाट विकासको अपेक्षा गर्न नसक्ने उल्लेख गर्नु हुँदै अध्यक्ष यादवले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण दलिय समानुपातिक संसदीय प्रणालीमा गयौ । भने चुनावी खर्च न्युन हुने, इमान्दार नेताहरु संसदमा स्थान पाउने तथा विज्ञहरु सरकार संचालन गर्ने अवस्थाको सृजना हुने उल्लेख गर्नु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउत, समाजिक विकास मन्त्री नवल किशोर साह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय सहितका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।



