सहिदनगरमा विभिन्न पार्टी परित्याग गरि ५०० जना जसपामा प्रवेश गरे ।


धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर-४ मा विभिन्न पार्टीहरु परित्याग गरेर जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेको हुन् ।

जसपा वडाअध्यक्ष बेचन साहका अध्यक्षतामा संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियानको वडामा शुभारम्भ गरेको थियो । साथै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एमाले लगायतका पार्टीहरुको परित्याग गरि करिब ५०० जना भन्दा बढी जसपामा प्रवेश गरेको छ ।

विभिन्न पार्टी परित्याग गरि जसपामा प्रवेश गरेको नवप्रबेशी नेता तथा कर्याकर्ताहरुलाई जसपा नेपाल धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले गम्छा र अबिर लगाई पार्टीमा स्वागत गरेको थियो ।

जसपा कार्यकारिणी सदस्य गजधार रोहिता यादवले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालतर्फ कटाक्ष गर्दै भने लोसपा भनेको लोभी स्वार्थी पापीहरुको पार्टी हुन बताएका हुन् ।

सो कार्यक्रम जसपा संसदीय दलको उपनेता रामअशिष यादवले भने, ‘विगतमा तपाईंहरुले मत दिएर संघीय सांसदमा बिजय गराएको सांसदले मतलाई अपमान गरेको हो । उहाँले केपि ओलिको मतियार भएर काम गरेको देखेको हो ।

उक्त कार्यक्रममा पार्टी प्रदेश सदस्य बिजय भगत र सीता कुमार मंडल त्यस्तै समाजवादी युवा संघ जिल्ला अध्यक्ष दिपेन्द्र कापर, जिल्ला सचिव अवधेस यादव, सदस्य लक्ष्मण मंडल नगरको प्रत्यासी दिनेश यादव समाजवादी विद्यार्थी युनियनका बिकास यादव धनुषा जिल्ला सचिव बलिराम कापरी, आमिन राईन र रहमत राइन लगायत नेता तथा कर्याकर्ताहरु उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार