महोत्तरीमा हटाइएका मतदाताको सूची सार्वजनिक, त्रुटि सच्याउन निर्वाचन कार्यालयको आग्रह


महोत्तरी । जिल्ला निर्वाचन कार्यालय महोत्तरीले मतदाता नामावलीबाट हटाइएका मतदाताको सूची सार्वजनिक गरेको छ । कार्यालयले आफ्नो कार्यालय तथा सम्बन्धित स्थानीय तहका वडा कार्यालयमा सूची सार्वजनिक गरिएको जनाएको हो ।

कार्यालयले सबै स्थानीय तहलाई आ–आफ्ना वडा कार्यालयमा सूचना प्रकाशन गरी हटाइएका मतदाताको विवरणबारे जिल्ला निर्वाचन कार्यालयलाई समेत जानकारी गराउन आग्रह गरेको छ ।

मतदाता नामावलीबाट नाम हटाइएको विषयमा कुनै तथ्यगत त्रुटि भएमा वा नाम कायम राख्नुपर्ने पर्याप्त आधार तथा प्रमाण भएमा सम्बन्धित मतदाता वा निजको एकाघरका सदस्यले आवश्यक कागजातसहित जिल्ला निर्वाचन कार्यालय महोत्तरीमा यथाशीघ्र सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ ।

कार्यालयले मतदाता नामावलीबाट नाम हटाउने क्रममा कुनै त्रुटि भएको भए आवश्यक प्रमाण पेस गरी सच्याउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

धेरै पढिएको

ताजा समाचार